चैत २९, काठमाडौं । देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागहरुको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका केही स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

