इन्डोनेसियामा भूकम्प, ६ जनाको मृत्यु

चैत २८, जकार्ता । इन्डोनेसियाको जाभा टापुको तटीय क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ ।

भूकम्पमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपद् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू संकलन भइरहेको सरकारी अधिकारीले बताएका छन् । उक्त विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म छ पुगेको छ । भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।

राष्ट्रिय विपद् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, “भूकम्पमा अहिलेसम्म ६ को मृत्यु भएको र एकजना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पपछि आउन सक्ने परकम्पबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरी सुरक्षित स्थानमा राखिएको छ ।” रासस÷एएफपी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.