आजबाट कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप लगाइँदै

चैत २५, काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप आजबाट लगाउन सुरु गर्ने भएको छ ।

तेस्रो चरणअन्तर्गत चीनमा छात्रवृत्तिमा अध्ययन गरिरहेका र जाने तयारीमा रहेका विद्यार्थी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी र प्राध्यापकहरुलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि काठमाडौंका विभिन्न १४ अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.