हत्या अभियोगमा ५ जना पक्राउ

चैत २४, भक्तपुर । काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका– २ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका– ७ बस्ने ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका– २ बस्ने दोलखा भिमेश्‍वर नगरपालिका– ९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र भक्तपुर चाँगुनारायण नगरपालिका– ३ बस्ने सुनसरी बर्जु गाउँपालिका(३ घर भएका ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।

चाँगुनारायण नगरपालिका(२ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा व्यक्ति नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट खटिएको प्रहरीले कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो । कुटपिटमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई गम्भीर घाइते भएका कृष्ण गुरुङ भनिने व्यक्तिलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पतालमा पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.