पत्रकारको निर्वाचनः पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

चैत २२, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन्।

शनिबार आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यवसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी छन् । यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाती सचिव नारायणसुन्दर किलम्बू, मधेशी सचिव दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसशोसिएट सचिव पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने छन्।

यस्तै खुला सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री छन्। महिला सदस्य (खस आर्य) मा सरिता तिम्सिना, महिला सदस्य (मधेशी) मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली छन्। यस्तै आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति (महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार छन्।

मधेशी सदस्यमा सुभाषप्रसाद साह र मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्र, सदस्य (अपाङ्गता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला) मा देवी सापकोटा रहेका छन्। सदस्यमा प्रदेश नं १ मा अमर खड्का र श्यामकृष्ण दाहाल, प्रदेश नं २ मा अनिल मिश्र र शिव पुरी, वाग्मती प्रदेशमा ध्रुव रावल र सुनिल खड्का गण्डकी प्रदेशमा प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल, कर्णाली प्रदेशमा दीपेन्द्र शर्मा र भीमबहादुर सिंह, सुदूरपश्चिम प्रदेशमा उत्तरसिंह विष्ट र भरतबहादुर शाह उम्मेदवार छन्।

यस्तै उपत्यका प्रदेशमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठान प्रदेशमा गजेन्द्रराज ओझा र रामकृष्ण अधिकारी, एशोसिएट प्रदेशमा ओमबन्धु कार्की र विकास कार्की उम्मेदवार छन् । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष उदय जिएम र क्रान्तिकारी पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष नारायण पङ्गेनीले व्यवसायिक पत्रकारहरूको गठबन्धनलाई विजयी बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। महासङ्घको महाविधेशन चैत २५ गते हुनेछ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.