सरकारलाई असफल पार्न कांँग्रेस योजनाबद्ध ढंगले लागेको प्रधानमन्त्री ओलीको आरोप

साउन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार करिव दुई घण्टा ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सरकारलाई असफल पार्नका लागि योजनाबद्ध तरिकाले लागि रहेको आरोप लगाएका छन् ।

बुधबार सरकारी निवास बालुटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकलार्इ ब्रिफिङ गर्दै ओलीले छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध मजबुत भएको बताउँदै काँग्रेस भने सरकारलाई जसरी हुन्छ असफल पार्ने तर्फ उन्मुख भएको जनाए ।

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अनुमोदन नगर्नुको कारण उनका केही कुरा विवादमा आएकाले नगरेको बताए । उनले सरकारले थप उर्जाका साथ लाग्नु पर्ने बताएको एक सहभागी नेताले बताए ।

सरकारमा बसेर राम्रो काम नगर्नेहरु विदा पाउने समेत बताएका छन् । नेकपा सचिवालयको बैठक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष बोलीसकेपछि बिहीबार सम्मका लागि स्थगित भएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.