नेपाल-खनालपक्षको स्थायी कमिटी बैठक आज

चैत २०, काठमाडौँ । नेकपा (एमाले) का नेपाल(खनालपक्षले आजका लागि स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

आफ्ना पक्षका नेताहरुमाथि पार्टीले एकपछि अर्को गर्दै कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन स्थायी कमिटी बैठक बोलाइएको हो। नेपाल– खनाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ। अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेको यो समूह थप गृहकार्यमा जुटेको छ । एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरिसकेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले चार नेतालाई निलम्बन गरेका हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.