हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त पक्राउ

बर्दिया, १९ चैत । हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त सुर्खेत बराहताल गाउँपालिका-२ सिस्नेरी बस्ने ३६ वर्षीय रविलाल  मन्दिरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको गस्ती टोलीले गत माघ १६ गते ३ थान भरुवा बन्दुक, सोको १७ थान गोली र २ सय ग्राम बारुद सहित गणेश बहादुर तिवारी र चक्र बहादुर विष्टलाई तत्काल नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहि फरार भएका रविलाललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि आजै जिल्ला अदालत बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.