आज १५२ कोरोना संक्रमित थपिए : ६५ जना डिस्चार्ज, १ को मृत्यु

चैत १९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.