चैत १९, काठमाडौँ । औरही नगरपालिका– ६ बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
गोली प्रहारबाट बर्दिवास नगरपालिका– १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ। कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जनाएको छ । गोली प्रहारबाट घाइते भएका कोइरालाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

