तीनवटा प्रदेशका पहाडमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

चैत १९, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ । बांकी भू–भागमा बदली नरहे पनि तुवाँलो रहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷ चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ विभागले बताएको छ । आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.