चैत १८, काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गत एसियाको छनौटमा जापानले फराकिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४– ० ले पराजित गरेको हो । जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २÷२ गोल गरे ।
ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १र१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे । यस जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ ।

