जनमोर्चा नेपालको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने

चैत १७, काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने भएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जीतेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म वुटवलमा हुन लागेको हो।

सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्ने लगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए। सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ। जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए। सम्मेलनमा देशभरका ७० भन्दा बढी जिल्लाका प्रतिनिधीको सहभागीता रहनेछ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.