कांग्रेसले बाेलायाे केन्द्रीय समितिकाे आकस्मिक बैठक

चैत १४, काठमाडौँ । कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिबार बिहान ११स्३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको गएराति भएको निधनको सम्बन्धमा आकस्मिक बैठक बस्ने भएको हो। नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.