हरेक वर्ष जन्मिन्छन् १६ लाख जुम्ल्याहा

चैत १२, काठमाडौँ । हाल संसारमा जन्मने शिशुहरूमध्ये चालिसौं शिशु जुम्ल्याहा हुने गरेको खुलासा वैज्ञानिकले गरेका छन्। ‘साइन्स जर्नल ह्युमन रिप्रडक्सन’का अनुसार संसारमा प्रत्येक वर्ष १६ लाख जुम्ल्याहा जन्मिने गरेका छन्।

यो संख्या पछिल्लो ५० वर्षमा सबैभन्दा अधिक रहेको पाइएको छ। यसका लागि वैज्ञानिकले सन् २०१० देखि २०१५ सम्म १ सय ३५ देशका तथ्यांक अध्ययन गरेका थिए। रिसर्चमा सबैभन्दा धेरै जुम्ल्याहा अफ्रिकामा जन्मने गरेको जानकारीसमेत दिइएको छ। अनुसन्धानमा सामेल अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर क्रिस्टियान मान्डेनका अनुसार सन् १९७० पछि विकसित मुलुकले प्रजननका लागि एआरटी (एसिस्टेड रिप्रडक्टिभ टेक्नोलोजी) प्रविधिको प्रयोग गर्ने गरेका छन्। र, यो एआरटी प्रविधिका कारण जुम्ल्याहा जन्मदरमा वृद्धि भएको हो।

अर्को, अधिक उमेरमा आमा हुने प्रवृत्ति अनि गर्भनिरोधक प्रयोगका कारण प्रजनन क्षमतामा आएको ह्रासलाई वैज्ञानिकले यसको कारण मानेका छन्। रिसर्च रिपार्टका सहलेखक जरोयन स्मिथले कम तथा मध्यम आय हुने देशमा जुम्ल्याहाको हेरविचारमा विशेष ध्यान दिनुपर्ने बताए किनकि अफ्रिकाको सब–सहारामा जन्मिने धेरैजसो जुम्ल्याहाको पहिलो वर्षमै निधन हुने गरेको छ। अनुसन्धानका अनुसार प्रत्येक वर्ष यो संख्या दुईदेखि तीन लाखको बीचमा रहने गरेको पाइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.