चैत ११, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज १ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार १ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३ जना कोरोना संक्रमित थपिएको छ । काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् ।

