घरमै बसेर होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको अपील

चैत ११, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन अपील गरेको छ। कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै मन्त्रालयले भीडभाड नगर्न र घरमै बसेर होली मनाउन अपील गरेको हो।

कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम बढेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको हो। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्ला केही दिन यता संक्रमणको संख्या उकालो लागेको र जोखिम बढेकाले होली घरमै मनाउन आग्रह गरेका थिए । यसवर्ष होली पहाडमा चैत १५ र तराईका जिल्लाहरुमा १६ गते मनाइँदैछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.