हामी विच यौनसम्बन्धलाई धेरैले नराम्रो नियत राखेर हेर्ने चलन रहेको छ । कतिपयले यौनसम्बन्धलाई मनोरञ्जनको रुपमा मात्र लिने पनि गर्छन् भने कोही यौनसम्बन्धलाई क्षतिको रुपमा हेर्छन् । यि दुबै मान्यता धेरै नै गलत हो । यौनसम्बन्धले एक अर्का विचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत गर्छ ।
हामीले बुझेर होस् वा नबुझेर यौनसम्बन्धलाई आनन्द र धृणाको बिषय बनाउने गरेका छौं । तर हामी तपाईहरुलाई केही तथ्यहरु बताउने छौं । जसमा यौनसम्बन्धले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत गर्छ ।
भावनात्मक रुपमा नजिक ल्याउछ
सुमधुर यौनसम्बन्धले श्रीमान्रश्रीमतीविच शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि नजिक ल्याउने काम गर्छ । यौनसम्बन्धले दुबैलाई एकजुट हुन मद्धत पनि गर्छ र यसले सम्बन्धलाई अझ राम्रो बनाउछ ।
तनाव कम हुन्छ
अहिले सबैको दिनचर्या हतारमा रहेको छ । कामको बढ्दो बोझका कारण कतिपय दम्पतिहरुको एकअर्कासंग नियमित रुपमा भेटघाट पनि कम हुन थालेको छ । जसको कारण अहिले सम्बन्धहरुलाई टिकाइराख्न धेरै नै अप्ठ्यारोहरु रहेको छ । अनुसन्धान अनुसार यौनसम्बन्धको बेला मानिसको मस्तिष्कमा सकारात्मक भावना जगाउने रसायनहरु पैदा हुने गर्छ । जसले तनावलाई कम गर्छ । यसरी आफ्नो पार्टनरसंग यौनसम्बन्ध राख्दा एक अर्कालाई समय दिएको पनि महसुस हुन्छ ।
रमाईलोपनलाई कायम राख्छ
यौनसम्बन्धले जोडी विच रहेको रोमान्सलाई पनि जगाईराख्छ । यौनसम्बन्धले शरीरमा रहेका बिकारहरुलाई बाहिर निकाल्छ भने अक्सिटसिन हार्मोन पैदा गर्छ । यो हार्मोनलाई लभ हार्मोन पनि भनिन्छ । यसको पैदाले जोडी विचको सम्बन्धलाई अझ रोमाञ्चित बनाउछ ।
हार्मोनहरुलाई सन्तुलनमा ल्याउछ
यौनसम्बन्धले शरीरको तनावलाई कम गर्ने कुरा धेरै अनुसन्धानले पुष्टि गरिसकेको छ । यो वाहेक यौनसम्बन्धले हाम्रो शरीरमा रहेको हार्मोनहरुको असन्तुलनलाई सन्तुलनमा ल्याउने काम पनि गर्छ । शरीरमा हार्मोनको सन्तुलन मिलेमा तनाव कम हुने र रोमान्टिक बढी हुने गुणको बिकास हुन्छ ।
शरीरलाई स्वस्थ पनि बनाउछ
नियमित जसो हुने यौनसम्बन्धले हाम्रो शरीरलाई फाइदा नै पुर्याएको हुन्छ । यौनसम्बन्धले हाम्रो शरीरको मेटाबोलिक र इम्युनलाई बढाउने काम गर्छ । त्यसैले यौनसम्बन्धले शरीरलाई मात्र नभएर आपसी सम्बन्धलाई पनि बलियो बनाउछ ।