होटलबाट हामफालेर एक महिलाले गरिन् आत्महत्या

चैत ११, जनकपुरधाम । जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् । मंगलबार राति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी छन् ।

म्याग्दीको तत्कालीन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौँ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान् विश्वास सिर्पालीसँगै उनी दुईदिन अगाडि नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए । विश्वास ११ दिनअगाडि मात्र विदेशबाट आएका थिए । साउदीमा करिब डेढ वर्ष काम गरेर नेपाल आएको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.