गृह मन्त्रालयको निर्देशन, ‘मास्क नलगाउनेलाई कानूनी कारवाही गर्नु’

चैत ११, काठमाडौँ । अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ।

मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ। मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो। गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निर्णयका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४ हजार ३२ जनाको नमूना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलवार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ। हाल देशभर १ हजार १२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। राजधानीबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.