पुनर्स्थापित प्रतिनिधिसभाको पाचौँ बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

चैत १०, काठमाडौँ । पुनर्स्थापित प्रतिनिधिसभाको पाचौँ बैठक आज बस्दैछ । संसद सचिवालयले आजको बैठकका सम्भावित कार्यसूचीहरू सार्वजनिक गरेको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् । उनले पेश गर्ने दुई वार्षिक प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६÷ ०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६÷ २०७७ को वार्षिक प्रतिवेदन रहेका छन् । त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तव एउटा वार्षिक प्रतिवेदन पेश गर्नेछन् । उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने कार्यसूची संसद सचिवालयले राखेको छ ।

प्रतिनिधिसभा बैठक आज १ बजेका लागि बोलाइएको छ। यस अघि बसेका ४ मध्ये ३ बैठक कार्यसूचीमा प्रवेश नै नगरि शोक प्रस्ताव पारित गर्दै सकिएका थिए । फागुन २३ गते पहिलो बैठक बसेको थियो भने फागुन २६ र २९ गते पनि बैठक बसेको थियो । चैत ६ गते भने नियमित कार्यसूचीमा प्रवेश गरि बैठक सुचारू भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.