अन्तर नगरपालिका कराते प्रतियोगिताको उपाधी तार्केश्वरलाई

चैत ९, काठमाडौँ । शोतोकान कराते डो संघको आयोजना र वादोकाई कराते संघ मनमैजु डोजोको सहयोगमा भएको अन्तर नगर कराते प्रतियोगिता सम्पन्न भएको छ ।

उपत्यकाको १९ वटा नगरपालिकाहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा कुल १४ स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । १० स्वर्ण जित्दै तार्केश्वर नगरपालिका टिम प्रथम २ स्वर्ण १ रजत र ३ कास्य पदक जित्दै चन्द्रागिरी नगरपालिका टिम दितिय र २ स्वर्ण १ रजत र २ कास्य पदक जित्दै कागेश्वरी मनहोरा नगरपालिका टिम तृतीय बन्न सफल भएको छ।

पुरुष टिम कुमितेमा स्वर्ण पदक सहित नगद रु ५०००।– जित्दै कागेश्वेरी मनोहरा नगरपालिका प्रथम भएको छ। खेलाडीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर तथा सोतोकान करातेका अध्यक्ष नारायण खड्का लगायतका ब्यक्तीहरुले मेडल ट्रफी र प्रमाणपत्र बितरण गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.