कांग्रेस पदाधिकारी बैठक सोमबार बस्ने

चैत ८, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ। कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको हो।

कांग्रेसको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफलका लागि सोमबार बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बैठक देउवा निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने बताइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.