टिपरको ठक्करबाट थप एक जनाको मृत्यु

चैत ८, झापा । टिपरको ठक्करबाट दमकमा थप एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । यसअघि सोही मोटरसाइकलमा पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.