एलएलबी प्रथम वर्षका लागि प्रवेश परीक्षा दिएका सबैले भर्ना पाउने

साउन २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कानुन संकाय अन्तर्गतको एलएलबी प्रथम वर्षमा प्रवेश परीक्षा दिएका सबैले भर्ना पाउने भएका छन् । नेपाल ल क्याम्पसले प्रवेश दिएका सम्पूर्ण विद्यार्थीले भर्ना हुन पाउने निर्णयसहित सूचना टाँस गरेको छ ।

 

नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख नविनकुमार सुब्बाले ६ हजार ५ यसबढी विद्यार्थीले इन्ट्रान्स परीक्षा दिएको बताए । उनले ६ हजार ५ सय विद्यार्थीले नै अब एलएलबीमा पढ्न पाउने जानकारी दिए । सहायक क्याम्पस प्रमुख सुब्बाले भदौको २५ गतेसम्म भर्ना हुने मिति तोकिएको जानकारी दिए । कानुन संकायका डिन ताराप्रकाश सापकोटाले विद्यार्थीको दबाबअनुसार फरक–फरक निर्णय गर्दा एलएलबी प्रथम वर्षको भर्ना प्रक्रिया अन्योलमा बन्दै आएको थियो । यसअघि एलएलबी प्रथम वर्षको पढाइ असार पहिलो साताबाटै सुरु हुने गरेकामा यस पटक भने साउन महिना आधा सकेपछि बल्ल भर्नाको टुंगो लागेको छ । यसअघि डिन कार्यालयले विद्या परिषद्बाट निर्णय गरेर यस वर्षबाट कानुन पढ्न कोटा प्रणाली लागू गर्ने सूचना गत फागुनमै प्रकाशित गरेको थियो । देशभरका ७ वटै क्याम्पसमा एक शैक्षिक सत्रमा ५ सयका दरले ३५ सय विद्यार्थी भर्ना गराउने भनेर प्रवेश परीक्षाको फाराम भराइएको थियो । विद्यार्थीले कोटा सिस्टमको विरोध गरेर कोटा बढाउन माग गरेपछि ल क्याम्पसमा मात्रै कोटा थप गरेर ८ सय पुर्याइएको थियो ।

ल क्याम्पसमा ८ सय र राजधानी बाहिरका ६ वटा क्याम्पसमा ५ सय नबढाई प्रवेश परीक्षा उत्तीर्णमध्येबाट योग्यताको आधारमा भर्ना गर्ने निर्णय विपरीत विद्यार्थी संगठनको दबाबमा फेरी अर्को सहमति भएको थियो । जस अन्तर्गत प्रक्रिया पूरा गरेका सबै विद्यार्थीलाई भर्ना लिने सहमति असार १४ गते भएको थियो । सहमतिअघि यस वर्ष कानुन पढ्न ६ हजार ५ सयबढी प्रवेश परीक्षामा सहभागी भएका थिए । कोटाको विरोधमा रहेका विद्यार्थीले नेपाल ल क्याम्पसमा उत्तरपुस्तिका समेत च्यातेका थिए । एक समूहले प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातेपछि कानुनको भर्ना प्रक्रिया अनिश्चित बनेको थियो । सहायक क्याम्पस प्रमुख सुब्बाले विद्यार्थी संख्याको आधारमा अब क्याम्पसको भौतिक संरचना र शिक्षकलगायतको म्यानपावरको आधारमा हेर्ने हो भने व्यवस्थापन गर्न एकदमै कठिन रहेको बताए । प्रमुख सुब्बाले सबैलाई भर्ना गर्ने भएपछि श्रन्य अंक पाउनेहरुको हकमा पनि व्यवस्था गर्नुपर्ने बताए ।

“यही समस्याका कारण कोटा प्रणली गरौं भनेका थियौं तर विद्यार्थी साथीहरुले नमाने पछि खुला गरिएको हो,” उनले भने । प्रमुख सुब्बाले अहिले खुला गरिएका ६ हजारमध्ये ४ हजारमात्रै भर्ना हुन आउने र एक हजारमात्रै नियमित कक्षा आउने भएपनि कक्षाकोठा र शिक्षकको अभाव हुने बताउँदै अहिलेसम्म ल क्याम्पसरमा दुईवटा सेसन चलाउने गरेकोमा शिक्षक प्रयाप्त थियो तर अब विद्यार्थी संख्या बढेपछि भोलि ४ वटा सेसन चलाउँदा शिक्षकहरु अपुग हुने बताए । प्रमुख सुब्बाले दिएको जानकारी अनुसार अहिले ल क्याम्पसमा एलएलएम, वीएएलएलबी, एलएलबी गरेर जम्मा ५२ जना शिक्षक–प्राध्यापकहरु रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.