चैत ६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेहरुको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।

