मोटोपन हटाउने औषधि भन्दै ठगी गर्ने दुईजना पक्राउ

चैत ६, काठमाडौँ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफिले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार ब्यूरोले पत्रकार सम्मेलन गरि दुवै जनालाई सार्वजनिक गरेको हो । काठमाण्डौ नयाँबजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालिका संचालक ४२ बर्षिय आशिष आचार्यले ग्रिन कफि खाई वजन घटाएको विज्ञापन बनाई सामाजिक सञ्जालमा राखेर ठगि गरेको उजुरीका आधारमा व्युरोको टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी रसियन नागरिक इगोरकुर्टस लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पत्रकार सम्मेलनमा व्युरोका निर्देशक एवं डिआईजी सहकुल बहादुर थापाले उनीहरुले ९ सय ६० रुपैयाँको ग्रिन कपीmलाई २० र ४० हजार सम्ममा बिक्रि गरेर ठगी गरेको बताए ।

उनीहरुले कानून बमोजिम अनुमति नलिइ अन्य सामाग्रीहरु पनि बिक्रि गर्ने गरेको पाइएको छ । पक्राउ परेका अभियुक्तहरुको नेटवर्क भारत र रस्सामा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफी,२५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.