आजदेखि नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला

चैत ३, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

ललितपुरमा आज हुने कार्यकर्ता भेलामा देशभरबाट कार्यकर्ताको उपस्थिति रहने सो समूहले जनाएको छ । यसअघि मंगलबार नै तयारी पूरा भएको भन्दै सो समूहले पत्रकार सम्मेलन पनि आयोजना गरिसकेको छ । यस कार्यकर्ता भेलाले ओलीलाई दबाब दिने बताइएको छ ।

ू३ जेठ २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सम्पन्न एकीकरणलाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा (एमाले) लाई त्यस फैसलाअनुसार सञ्चालन गर्न आनाकानी गरिएको छ । नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्ताबेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनर्स्थापना हो भन्ने कुरा स्पष्ट छ,ू विज्ञप्तिमा भनिएको छ, ‘यति हुँदाहुँदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेका छन् । यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौं र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पुयाउन चाहन्छौं ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले २८ गते गुट भेला गरेर पार्टीलाई विभाजनतिर धकेलको खनाल– नेपाल समूह ठहर छ । ओलीले केन्द्रीय कमिटी बैठकका निर्णय खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने उनीहरुको माग छ । पार्टीको एकता असफल बनाउने कार्यको विरोध गर्न उक्त समूहले कार्यकर्तालाई आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.