गीतकार सुमन योञ्जनको शब्दमा ‘फिदा’ सार्वजनिक ( भिडियो )

चैत ३, काठमाडौँ । अमेरिकाको न्युयोर्क सहर निवासी गीतकार सुमन योञ्जनको शब्दमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा दिपा लामा र सुमन केसीको युगल स्वर रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकाको पेन्सिलभिनिया राज्य निवासी हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.