तेस्रो आईएमई टेनिस चैत १७ बाट

चैत ३, काठमाडौं । तेस्रो संस्करणको जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगता चैत तेस्रो साताबाट हुने भएको छ । काठमाडौंस्थित मण्डिखाटार क्लबमा हुने प्रतियोगिता चैत १७ गतेदेखि २२ गतेसम्म चल्ने आयोजक आईएमई फाउन्डेसनले जनाएको छ ।

प्रतियोगतामा भाग लिन खेलाडीहरुले राजधानी र राजधानी बाहिरका ठाँउहरुबाट फम इन्ट्री गर्नु पर्नेछ । प्रतियोगितामा यू–८ र यू–१६ उमेरका खेलाडीहरुले भाग लिन पाउनेछन् । आईएमई ग्रुपको सामाजिक उत्तरदायीत्व अन्तर्गत बालबालीकाको खेलकुद क्षेत्रमा सहयोग पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक राजु पौडेलले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.