फागुन १, काठमाडौं । स्थानीय र पश्चिमी वायुसमेतको प्रभावले हाल देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरुको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो वाग्मती प्रदेश र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन÷ चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यस्तै, आज राति गण्डकी प्रदेश र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू–भागहरुको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

