नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त

फागुन २७, काठमाडौं । यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् ।

सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो । कार्की २८ नम्बर बाहिनी सिराहामा कार्यरत थिए ।

सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्काशन गरेको प्रवक्ता पौडेलले बताए । त्यस्तै सैनिक आचरण विपरीत काम गरेको ठहर भएपछि एक सैनिक अधिकृत महिलालाई पनि निष्काशन गरेको उनले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.