साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा भाग लिने नेपाल टिमलाई बिदाई

साउन २१, काठमाडौं । भुटानमा आयोजना हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा भाग लिने नेपाल टिमलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार कार्यक्रम गर्दै नेपाली टिमलाई बिदाई गरेको हो ।

च्याम्पियनसिपको लागि नेपाली टोली मंगलबार भुटानतर्फ जाँदैछ । अगष्ट ९ देखि १८ गतेसम्म भुटानको राजधानी थिम्पुमा च्याम्पियनसिप हुँदैछ । नेपाल च्याम्पियनसिपमा समूह बी मा रहेको छ । यो समूहमा नेपालसहित पाकिस्तान र बंगलादेश रहेका छन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग अगष्ट ११ मा खेल्नेछ । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग अगष्ट १३ खेल्नेछ ।

नेपाली टिममा सावित्री किसान, पुजा थापा, करिना धिमाल, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामा मगर, सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी, मनमाया परियार रहेका छन् । त्यस्तै, प्रिति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, सबिता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल, रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.