साउन २१, वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ ।
सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला गएका रहेछन् र जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको पाइयो’ प्रहरी निरीक्षक न्यौपानेले भने । पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ । आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।