फागुन २१, काठमाडौँ । भारत बिहार राज्यको पटना स्थित समाजबादी नेता बिपी कोईरालाको शालिक रहेको गोलघर पार्क ब्यबस्थापनको चरम लापरबाहीले गर्दा डम्पिङ साईट बन्न पुगेको छ।
ब्यबस्थापन समिती र बिहार सरकारको प्राथमिकता नपरेको उक्त पार्कमा मदिराका बोतलहरु यत्रतत्र फालिएका थिए, हरियाली रहेको उक्त पार्कमा आउनेहरुले पार्कको बार भत्काएर सौच गर्न मार्गको रुपमा प्रयोग गर्ने गरेका छन। पटनामै रहेको भारतमा लोक नायक मानिनु हुने जय प्रकाश नारायणको नाममा स्थापित जय प्रकाश नारायण स्मृति संग्रहालयको उद्धघाटन समेत वी पी कोइरालाले गर्नु भएको थियो ।

भारतले समेत आदर्श नेता मानेका कोईराला एशियामै अर्को देशले सम्मान स्वरुप सालिक निर्माण गरिएको नेतामा पर्छन्।
शालिक करिब २६ बर्ष अघि स्थापना गरिएको हो। बिहारका पुर्ब मुख्य मन्त्री लालु यादबको कार्यकाल भरी उक्त पार्कको चुस्त ब्यबस्थापन रहेको थियो,बिहारका पछिल्ला मुख्यमन्त्री नितिश कुमारको पाला देखि चाहिँ पार्क उपेक्षामा परेको स्थानीय बासिन्दा बताउछन्। नेपाल सरकार बाट बिपी कोईराला र गणेशमान सिंहको डकुमेन्ट्री बनाउन लागि परेको बेला बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलको नेतृत्वमा ३ सदस्यीय प्रतिनिधि मण्डल अध्यन भ्रमणका लागि बिहार पुगेको थियो। डकुमेन्ट्री निर्माणको सिल सिलामा पोखरेलको टिम बनारसको हिन्दु बिश्वबिद्यालय जिल्ला कारागार वी पी कोइराला बनारसमा बस्नु हुदाको घर धनीहरू संग पनि भेटघाट डकुमेन्ट्रीको सम्बन्धमा जानकारी गराई पटना पुगेका थिए।
उक्त टोलिले त्यहाँ बिपीको शालिक भएको पार्कको सर सफाई गर्नुका साथै स्थानीय सरकार सङ पनि पार्कको सरसफाइ र संरक्षणका बारेमा गुनासो राखेको थियो। एशियाले मानेका नेता नेपाली काङ्ग्रेसका आदर्श बिपीको शालिक रहेको पार्कको संरक्षण र सम्बर्द्धनका लागि नेपाली काङ्ग्रेस पार्टीले नेपाल सरकार मार्फत भारत सरकारलाई ध्यानाकर्षण गराउन आफू लागि पर्ने अध्यक्ष पोखरेलले बताए। आम नेपालीहरु माझ रहेको बिपी कोईरालाको गर्बिलो ईतिहास नेपाल सरकार आफ्नो दायित्व र सम्पत्तिको रुपमा ग्रहण गर्न जरुरी छ।

