‘विप्लव’ आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र ‘विप्लव’ एउटै मञ्चमा देखिँदै

फागुन २१, काठमाडौं । सरकारसँग भएको तीनबुँदे सहमति भएपछि दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै छन् ।

तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा चन्द सार्वजनिक हुन लागेका हुन् ।

चन्द र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा देखिने छन् । बिहीबार बिहान भएको तीनबुँदे सहमति भएपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.