कोरियामा जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत घट्यो

साउन २१, काठमाडौं । सरकारले दक्षिण कोरियामा जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत घटाएको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इपीएस प्रणालीमार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत अर्थात् १२ हजार ९ सय ८० रुपैयाँ घटाइएको जानकारी गराएको हो । विभागका निर्देशक कृष्णप्रसाद खनालले गत श्रावण २० गतेदेखि लागू हुने गरी सरकारले दक्षिण कोरियामा जाने कामदारको हवाई भाडा करिव १३ हजार रुपैयाँ घटाएको जानकारी दिए ।यस अघि दक्षिण कोरिया जाने नेपाली कामदारहरुले ५ सय ३० अमेरिकी डलर तिर्दै आएकोमा अब ४ सय ११ डलर मात्रै तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो । हाल वार्षिक ८ हजारको संख्यामा नेपाली कामदार दक्षिण कोरिया जाने गरेका छन ।

उनीहरुको हितमा हवाई भाडा दर २३ प्रतिशत घटाउने निर्णय गरिएको विभागका निर्देशक खनालले बताए । सरकारले वैदेशिक रोजगारलाई सहज बनाउन आवश्यक निर्देशिका नै बनाएर काम अघि बढाएको छ । दक्षिण कोरिया नेपाली कामदारको आकर्षक गन्तव्यको रुपमा रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.