तीनवटा सवारीलाई माइक्रोको ठक्कर, ९ जना घाइते

फागुन १८, चितवन । चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगलमा माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका छन् ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा२च २८२४ नम्बरको कार तथा ना१७प ४०१२ र ना२७प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ ।

दुर्घटनामा परेका चारवटै सवारी–साधन तथा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको छ । आज बिहान पौने ११ बजे माइक्रोबस अनियन्त्रित हुँदा अन्य तीनवटा सवारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.