फागुन १५, काठमाडौँ । नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले लामखुट्टे प्रकोपबाट बच्न र सतर्कता गराउन विरगञ्ज महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार नेवि संघका जिल्ला सभापती बिस्वास द्विवेदीको टोलीले ले विरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमारसरावगीको कार्यकक्षमै पुगेर ज्ञापनपत्र बुझाएका छन् । विरगञ्ज महानगरभित्र बसन्त ऋतुको आगमनसंगै बढदै गएको लामखुट्टेको प्रकोपले जन जीवन आकन्त भएकोप्रति नेपाल बिधार्थी संघको गम्भीर ध्यानाकर्षण भएको हुदाँ लामखुट्टेका कारण डेङ्गु, मलेरिया महामारी फैलिने खतराले बिधार्थी र आम जनसमुदाय लगायतलाई पीडा हुने भएकोले त्यस प्रकारका समस्या न्यूनिकरण गर्न गराउन महानगरपालिका लाग्नुपर्ने ज्ञापनपत्रमा बताएको छ ।
कार्यक्रममा नेबि संघ जिल्ला कार्य समितिका उपसभापति जीतेन्द्र मिश्रा,विकेश पटेल, सह सचिव इन्द्रषण यादव,जिल्ला सदस्य कृष्णा दास,अमित सोनी, प्रशान्त गुप्ता, नेबि संघका एकाई बाट दीपक पटेल, सरोज पटेल र कारण साह लगायतको उपस्थिति रहेको थियो ।

