पदबाट राजीनामा दिएको १५ दिनमै शेरबहादुरद्वारा सम्पत्ति विवरण सार्वजनिक

साउन २१, काठमाडौं । शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएको १५ दिनमै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक पद वा राजनीतिक नियुक्ति लिने व्यक्तिले पद धारण गर्ने व्यक्तिले पद छाडेको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही प्रावधान अनुसार तामाङले आफ्नो सम्पत्ति पुनः सार्वजनिक गरेका हुन् । तामाङले आफूले मन्त्री पद धारण गरेपछि ४८ हजार रुपैयाँ सम्पत्ति बढेको विवरण सार्वजनिक गरेका छन् ।

उनले आफूले पदमा हुँदा धेरै कानुनहरुको निर्माण अन्तिम चरणमा पुर्‍याएकोले अब ती कानुनहरुलाई चाडै पारित गरेर कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ति सार्वजनिक गर्नुका साथै यस्तो सुझाव दिएका हुन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.