काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि सामाजिक संंञ्जाल मार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन् ।
संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ। अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छु।


