आज ११० संक्रमित थपिए : १०२ जना डिस्चार्ज, ४ को मृत्यु

फागुन ११, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज १ सय १० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय २ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.