नेपाल उसु संघको नयाँ नेतृत्वमा वीरबहादुर तामाङ चयन

साउन २१, काठमाडौं । नेपाल उसु संघको नयाँ नेतृत्वमा वीरबहादुर तामाङ चयन भएका छन् । लामो समयदेखि विवादमा रहँदै आएको नेपाल उसु संघको साधारणसभाले वीरबहादुरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मतिले निर्वाचित नयाँ कार्यसमितिको सहअध्यक्षमा मकवानपुरका जनक बर्तौला निर्वाचित भएका छन् भने तीन उपाध्यक्षमा काठमाडौंका प्रणिलध्वज कार्की, नुवाकोटका दीपक लामा र सुर्खेतका हरि थापा छन् । त्यस्तै, सोलुखुम्बुका लाक्पाछिरिङ लामा महासचिव तथा सचिवमा काठमाडौंका राजेन्द्रकुमार श्रेष्ठ चयन भएका हुन् ।

रामेछापका लानम लामा कोषाध्यक्ष तथा रसुवाका रितु म्याम्दान सहकोषाध्यक्ष चयन हुँदा सदस्यमा लमजुङका कृष्ण लामा, काभ्रेपलाञ्चोकका नारायण गिरी, धनकुटाका भक्त थापा, काठमाडौंकी रति लामा, सिन्धुपाल्चोकका सुन्दर लामा, मुख्य प्रशिक्षक अमरकुमार थिङ र बाराका निर्मल लामा चयन भएका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.