संसद पुनःस्थापनाले आफ्नो सम्पूर्ण रोग हराएझैं अनुभूत भएको छः डा भट्टराई

फागुन ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसद पुनःस्थापनाले आफ्नो सम्पूर्ण रोग हराएझैं अनुभूत भएको बताएका छन् ।

भारतको नयाँदिल्लीमा पेटको समस्याबाट उपचाररत भट्टराईले ट्वीट गर्दै सर्वोच्च अदालतको फैसला नआउन्जेल संसद पुनःस्थापना नहोला भन्ने चिन्ताले सताएको बताएका हुन् । उनले भनेका छन्, “हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ! ”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.