अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुईजनाको मृत्यु

साउन २१, काठमाडौं । आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ ।

ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो । बालक आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेको थियो । अपहरणकारीले बालकको परिवारसँग ४० लाख फिरौती माग गरेका थिए । त्यस्तै, खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीचभीडन्त हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेका छन् । अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जङ्गलमा अपरान्ह १ बजे उनिहरुलाई इन्काउन्टर गरी मारेको हो । प्रहरीले घटनास्थलबाट १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.