फागुन १०, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिच सर्वोच्च अदालतमा आज दिउँसो भेटवार्ता भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । स्रोतका अनुसार प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर हेर्दाहेर्दैमा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

