फागुन १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– नेपाल समूहले ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार ६८ जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाइएको हो ।
पुष्पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । यसअघि प्रचण्ड(नेपाल समूहले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा नेतृत्व लिने सहमति गरेको थियो ।

