विवेकशील पार्टीको अधिनायकवाद विरुद्धको ३७ औं प्रदर्शन फूलमाला लिएर

फागुन १०, काठमाडौँ । अधिनायकवाद विरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले ३७ औँ प्रदर्शनमा आज फूलमाला सहित प्रदर्शन गरेको छ।

नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका मालाका स्वरूपमा रहेका नेपालीहरूमा निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको पछिल्लो कदमले संविधानमा अधिनायकवादको बुट बजारेको प्रष्टै छ । नागरिकहरुको लामो समयदेखिको चाहना र ठूलो त्यागबाट बनेको संविधान समाप्त पार्ने बाटोमा नलाग्न र नागरिकहरुमा निहित सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै फूलमाला लिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताउनु भयो। विवेकशील पार्टीमा अधिनायकवाद विरुद्ध रहेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.