अमेरिकाको बोइङ दुर्घटनाबाट जोगियो

फागुन ९, काठमाडौँ । एजेन्सी । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी भएको थियो ।

आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको छ । चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालिन् अवस्थामा अवतरण गराइएको थियो । आगो लागेको इन्जिनको केही भाग डेन्भरको एउटा निजी भवन परिसरमा झरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.