भारतबाट १० लाख डोज कोरोना विरुद्धको खोप आज नेपाल ल्याइने

फागुन ९, काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार (आज) काठमाडौं आइपुग्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार भारतको नयाँ दिल्लीबाट १ः ३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप नेपाल आउन थालेको हो । फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति अनुसार आज १० लाख डोज खोप आउन थालेको हो।

यस अघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाएका छन् ।

खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले जानकारी दिए । सम्झौता अनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिका अनुसार चाँडै नै प्राप्त हुने बताइएको छ । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.